सबैभन्दा धेरै रेमिट्यान्स पठाउने देशहरु

काठमाडाैं । कोभिड–१९ को महामारीका कारण विश्व आर्थिक सङ्कटमा गुज्रिरहेको बेला पनि देश बाहिर रहेका प्रवासीहरूले स्वदेशमा पैसा पठाउने क्रम जारी रहेकाले यसमा कमि आउन सकेको छैन् । २०२२ मा भारत विश्वको सबैभन्दा ठूलो रेमिट्यान्स गर्ने देश बनेको छ।
२०२२ मा आप्रवासीहरूले सबैभन्दा धेरै पैसा पठाउने देशहरूमध्ये भारत यस्तो देश हो जहाँ सबैभन्दा बढी पैसा आएको मात्र होइन गत वर्षको तुलनामा त्यस्तो रकम बढेको समेत छ । ५ वटा सर्वाधिक रेमिट्यान्स भित्राउने देशमा भने त्यस्तो रकम केही घटेको देखिन्छ ।
विश्व बैंकले सार्वजनिक गरेको अनुमानले सन् २०२१ र २०२२ बीचमा कम र मध्यम आय भएका देशहरूमा आप्रवासीहरूले पठाएको रेमिट्यान्स आठ प्रतिशतले बढेको देखाएको छ। सन् २०२२ मा आप्रवासीहरूले आफ्ना देशहरूमा करिब ६४७ अर्ब डलर पठाएका थिए । यो रकम २०२१ मा ५९९ बिलियन डलर थियो भने २०२० मा ५४२ बिलियन डलर थियो। २०२१ मा १०.६ प्रतिशतले रेमिट्यान्स घटेको घटना पछि यो वृद्धि धेरै देशका लागि राहतको खबर हो ।
भारतले सबैभन्दा धेरै भुक्तानी लिने देश मात्र रहेन भुक्तानीमा सबैभन्दा ठूलो वृद्धि देख्ने देस पनि रह्यो । २०२१ को तुलनामा १९.६ प्रतिशतले बढेको भारतको रेमिट्यान्स १११.२ बिलियन डलर छ ।
मेक्सिको आप्रवासीहरूबाट सर्वाधिक रेमिट्यान्स प्राप्त गर्ने दोस्रो मुलुक हो । मेक्सिको को कुल रेमिट्यान्स २०२१ को तुलनामा ११.५ प्रतिशतले बढेर ६१.१ बिलियन डलर पुगेको छ। त्यस्तै ग्वाटेमालामा पनि १५.४ प्रतिशतको वृद्धि भएको छ । यद्यपि ग्वाटेमाला १८.२ अर्ब डलर भुक्तान लिदै सूचीको नवौं नम्बरमा छ । यो सूचीको तेस्रो नम्बरमा चीन छ तर २०२१ को तुलनामा उसको भुक्तानी ३.९ प्रतिशतले घटेको छ । चिनियाँ आप्रवासीहरूले २०२२ मा कुल ५१ अर्ब डलर घर पठाएका छन्। फिलिपिन्स (३८ बिलियन), पाकिस्तान (२९.९ बिलियन), इजिप्ट (२८.३बिलियन), बंगलादेश (२१.५ बिलियन), नाइजेरिया (२०.१ बिलियन), ग्वाटेमाला (१८.२बिलियन) र युक्रेन (१७.१ बिलियन) का साथ सबैभन्दा धेरै पैसा पठाइएका मुलुकको शिर्ष स्थानमा छन् ।
विश्व बैंकको यो पछिल्लो तथ्याङ्कले आप्रवासीबाट आउने पैसामै बढि निर्भर रहेका देशहरू माथि पनि प्रकाश पार्छ। यो मामिलामा ताजिकिस्तान शीर्ष स्थानमा छ जसको कुल जीडीपीको ५१ प्रतिशत भाग आप्रवासीहरूले पठाएको पैसा थियो । टोंगो (जीडीपीको ४४ प्रतिशत), लेबनान (३६ प्रतिशत ) तथा सामोआ (३४ प्रतिशत ) रेमिट्यान्सका साथ रेमिट्यान्समा निर्भर देशको सूचीको शीर्ष स्थानमा छन् ।

प्रतिक्रिया