बुधबार, जेठ २, २०८१

काभा पुरुष भलिबल नेसन्स लिगमा नेपालको पाँचौँ हार

नेपालखोज २०८० असार ८ गते १९:०२

काठमाडौं । काभा पुरुष भलिबल नेसन्स लिगमा नेपालले पाँचौँ पटक हार व्यहोरेको छ ।

सिंगल राउण्ड रोविनको प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको छ । कीगिर्तस्तानको बी टिमसँग आज भएको खेलमा नेपाल ३– २को सेटमा पराजित भएको हो ।

पहिलो सेट जितेको नेपालले त्यसपछि लगातार २ सेट गुमाउन पुग्यो । चौथो सेट जितेपछि खेल २–२को बराबरीमा आएको थियो ।

अन्ततः पाँचौं सेट पनि टाइब्रेकरमा १६–१४ ले जित निकाल्दै कीर्गिस्तानको बी टिमले बाजी मारेको हो । नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो ।

निकै प्रतिस्पर्धात्मक दोस्रो सेट नेपालले २७–२९ ले सुम्पियो भने तेस्रो सेट २५–२२ ले गुमायो । चौथो सेटमा भने उत्कृष्ट कमब्याक गर्दा २५–११ ले ने पालले बाजी मापरेको थियो ।

अन्तिम सेट १४–१६ ले नेपालले गुमाउन पुग्यो । अब नेपालले आइतबार उज्वेकिस्तानसँग खेल्न बाँकी छ ।

प्रतिक्रिया