राष्ट्र बैंकले बजारबाट पुन: २० अर्ब रुपैयाँ खिच्ने

नेपालखोज २०८० असार ८ गते १९:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुन: २० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । यही असार सात गते मात्र रिर्भस रिपो जारी गरेर राष्ट्र बैंकले वित्तीय प्रणालीबाट १० अर्ब रुपैयाँ खिचेको थियो । सो अनुसार उक्त रिपोको परिपक्व हुने अवधि यही असार १४ गते तोकिएको छ ।

यही बीचमा असार १० गते अर्थात आगामी आइतबार पनि राष्ट्र बैंकले २० अर्ब रुपैंयाँको रिर्भस रिपो जारी गरेर बजारबाट लगानीयोग्य रकम खिच्ने भएको छ । राष्ट्र बैंकका अनुसार उक्त दिन सात दिने अवधिको रिर्भस रिपो जारी गरेर रकम खिच्न लागिएको हो ।

रिर्भस रिपोको लागि बैंक तथा फाईनान्स कम्पनीहरुले आगामी आईतबार अपरान्ह तीन बजेसम्म बोलकबोल पेस गर्न सक्ने छन् ।

बैंकिङ भाषामा भन्नु पर्दा बजारमा अधिक तरलताको समस्या भएमा त्यस्तो रकमको दुरुपयोग नहोस, त्यस्तो रकम बैंकिङ च्यानलमा ल्याउनको लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्छ ।

प्रतिक्रिया