लगानी कसरी गर्ने ? यस्तो छ लगानीकर्ता वारेन बफेटको सुझाव

तलबबाट बचत गर्नुहोस्
वारेन बफेट भन्छन् – यदि कसैको मासिक आम्दानी १०,००० छ भने उसले २,००० रुपैयाँ बचत गर्नुपर्छ। यो २-२ हजार रुपैयाँ आपत्कालीन अवस्थामा उपयोगी हुन सक्छ। आफू सँग ६ महिनाको घरायसी खर्च बराबरको आपत्कालीन कोष रहनुपर्ने उनी बताउँछन् ।
लगानी नगर्नेले ठुलो गल्ती गरिरहेका छन् ।
वारेन बफेट भन्छन् – लगानी नगर्ने मानिसहरूले आफ्नो जीवनमा ठुलो गल्ती गरिरहेका छन्। समयसँगै हरेक वस्तुको मूल्य बढेको उनको भनाइ छ । लगानीले मात्र बढ्दो मुद्रास्फीति र बढ्दो खर्च व्यवस्थापन गर्न सक्छ। त्यसैले सानैदेखि लगानी सुरु गर्नुपर्छ । विज्ञहरू भन्छन् – मानिसले आफ्नो पहिलो तलबबाटै केही पैसा लगानी गर्न सुरु गर्नुपर्छ।
नबुझेको कुरामा कहिल्यै पैसा नलगाऊँ
वारेन बफेट भन्छन् – आफूले नबुझेको लगानी विकल्पमा कहिल्यै लगानी गर्नुहुँदैन ।
सकेसम्म जोखिम लिऊँ
वारेन बफेट भन्छन् – हामीले त्यति नै जोखिम लिनु पर्छ जति आरामसँग खर्च गर्न सकिन्छ। खोलाको किनारमा बसेर दुवै खुट्टा पानीमा राखेर गहिराई नाप्ने प्रयास गरे डुब्न सकिन्छ । यसका लागि एउटा हातले किनारामा बलियो गरी समातेर एक खुट्टामा आफ्नो सन्तुलन कायम गर्दै अर्को खुट्टाले नदीको आङ्कलन गर्नु जरुरी छ । यसरी खोलाको गहिराई मापन गरे डुब्न बाट बच्न सकिन्छ ।
आफ्नो अनुसन्धान आफैँ गर्नुहोस्
वारेन बफेट भन्छन् – अनुमानमा निहित वा स्वार्थ भएका मानिसहरूको अनुमान वा भविष्यवाणीहरूमा कहिल्यै विश्वास गर्नुहुँदैन । बफेट भन्छन् – लगानीको मामिलामा विशेषज्ञ वा एजेन्टहरूको आफ्नै स्वार्थ हुन्छ। त्यसैले लगानी गर्नु अघि सधैँ आफ्नो अनुसन्धान गर्नुपर्छ । वारेन बफेट भन्छन् – कम्पनीको कार्यसम्पादन वा नतिजामा आँखा चिम्लिएर विश्वास गर्नु हुँदैन ।
सबै लोभी हुँदा डराउनु र सबै डराउँदा लोभी हुनु
वारेन बफेट भन्छन् – जब सबै कुरा राम्रो देखिन्छ तब शङ्कालु हुनुपर्छ । अरू लोभी हुँदा डराउनु र अरू डराउँदा लोभी हुनुहोस्।
सक्स (मोजा) होस् वा स्टक सधैँ गुणस्तरीय मात्र खरिद गर्नुहोस्
वारेन बफेट भन्छन् – सक्स (मोजा) होस् वा स्टक गुणस्तरीय मात्र किन्नुपर्छ, त्यो पनि सस्तोमा । आधारभूत अवस्था राम्रो भएका कम्पनीको मात्र शेयर किन्नुपर्ने उनको भनाइ छ । साथै, शेयर ओरालो लागेको बेला खरिद गर्नुपर्छ । बजार घटेको समय सेयर खरिदको उपयुक्त समय भएको उनको राय छ ।
सबैभन्दा राम्रो सम्पत्ति आफैँ
वारेन बफेट भन्छन् – आफ्नो सबैभन्दा ठुलो सम्पत्ति हामी आफैँ हो । त्यस कारण आफ्नो उत्तम लगानी हामी आफैँ हो। यसलाई कसैसँग तुलना गर्न सकिँदैन ।
धेरै पढ्नुहोस् र सोच्नुहोस्
बफेटले आफ्नो दिनको ८० प्रतिशत समय पढेर वा सोचेर बिताउँछन्। उनी भन्छन्, ‘लगानीका बारेमा सोच्ने सबैभन्दा राम्रो तरिका भनेको अरू कोही नभएको कोठामा बस्नु हो। सोच्नुहोस् यदि यसले काम गरेन भने, अरू केही हुनेछैन।’

प्रतिक्रिया