जबरजस्ती करणी मुद्दाका आरोपी पक्राउ
नेपालखोज
२०८० असार ९ गते ८:४५

काठमाडौं । जबरजस्ती करणी मुद्दाका आरोपी काठमाडौंबाट पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार परिवर्तित नाम २६ परिसर (३४) ०७९/०८० को जाहेरीको आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमती समेत प्रदान भई फरार रहेका दामोदर पौडेललाई बिहीबार अनामनगरबाट पक्राउ गरिएको हो ।
दाङको बिजौरी स्थायी घर भएका आरोपीत पौडेललाई अनामनगरबाट पक्राउ गरेर शुक्रबार जिल्ला प्रहरी परिसर महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र कालीमाटी पठाईएको छ ।
सम्बन्धित








प्रतिक्रिया