शुक्रबार, जेठ ३, २०८२

कर्णाली प्रदेश सांसद चढेको गाडी दुर्घटना, ९ जना घाइते

नेपालखोज २०८० असार ९ गते २०:०२

काठमाडौं । कर्णाली प्रदेशसभा प्रदेश मामिला समितिका सभापति तथा नेकपा एकीकृत समाजवादीकी सांसद कल्याणी खड्का सवार गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

गाडी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ घारीपाखामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

दुर्घटनामा सांसद खड्कासहित चौरजहारी नगरपालिका –७ का २७ वर्षीय हुकुम विसी, ४१ वर्षीय विनिता गुरुङ, ५१ वर्षीय सिता विक, ५५ वर्षीय सुगन्धा मल्ल, ५७ वर्षीय मदन खड्का, ५५ वर्षीय ललिता गुरुङ, ३९ वर्षीय युवराज गिरी र ३५ वर्षीय नैनसरा विक रहेका छन् ।

गाडी चौरजहारी बजारबाट कोटजहारी जाँदै गर्दा अनियन्त्रित भई सडकबाट तल खसेको थियो । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया