बिहीबार, जेठ ३, २०८१

काभा पुरुष भलिबल नेसन्स लिग : उज्वेकिस्तानसँग खेल्दै नेपाल

नेपालखोज २०८० असार १० गते ७:०८

काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको अन्तिम खेलमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले उज्वेकिस्तानको सामना गर्नेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो १:४५ बजे सुरु हुनेछ ।

नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । नेपालले अघिल्ला पाँच खेलमा लगातार हार व्यहोरेको थियो । नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो ।  तेस्रो खेलमा इरानसँग पराजित भएको नेपालले चौंथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो ।

प्रतिक्रिया