आइतबार, वैशाख १४, २०८२

बौद्धिक रूपमा अघि बढ्न चाहनुहुन्छ भने यात्रा गर्नुहोस् : एमिल जोला

नेपालखोज २०८० असार ११ गते ५:५१

एमिल जोला फ्रान्सेली उपन्यासकार थिए । उनले नाटकको विकासमा पनि योगदान दिएका छन् ।

१ सत्यलाई जमिनमुनि गाड्यो भने एक दिन त्यो धेरै ठुलो बन्नेछ। त्यसमा यति धेरै शक्ति हुनेछ कि कुनै दिन ठूलो धमाका हुनेछ र सबै कुरा परिवर्तन हुनेछ ।

२ संसारमा भएका सबै कुरा कुनै जमानामा सपना थिए ।

३ यदि आफ्नो बौद्धिक विकास गर्न चाहनुहुन्छ भने त्यसका लागि यात्रा भन्दा राम्रो अरू केहि हुँदैन ।

४ हाम्रो दुस्ख धेरै ठूलो छ भने मनमा अरु दुस्खका लागि ठाउँ नै रहँदैन ।

५ हामी मानवको सबैभन्दा ठूलो कर्तव्य यो पृथ्वीमा भएका जनावरहरूलाई सबै प्रकारका क्रूरताबाट बचाउनु हो ।

६ म उदासिमा भन्दा जोशमा मर्न चाहन्छु ।

७ यदि संसारका मानिसहरूले एकअर्कालाई साँच्चै माया गर्ने हो भने उनीहरू कति खुसी हुन्थे ?

प्रतिक्रिया