बिहीबार, जेठ २, २०८२

छाउपडी प्रथा : सगरमाथा चढ्नभन्दा कठिन

नेपालखोज २०८० असार ११ गते ११:०६

बझाङ । बझाङस्थित साइपाल गाउँपालिकाकी सङ्गीता रोकायाले छाउपडी जस्ता कुप्रथा अन्त्य गर्नु सगरमाथा चढ्नुभन्दा निकै कठिन रहेको अनुभव सुनाएकी छन् ।

कुनैबेला छाउगोठ भत्काउने अभियानमा सक्रिय उनले ‘छाउपडी प्रथा अन्त्य’ गर्ने सन्देशसहित गत महिना सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी हुन् ।

कर्णाली तथा सुदूरपश्चिमका कैयन् स्थानमा छाउपडी प्रथाका कारण महिला तथा युवतीहरू महिनावारी हुँदा घरबाहिर गोठ तथा टहरामा बस्दा ज्यानसमेत गुमाउनु परेको तथ्याङ्क छ ।

प्रतिक्रिया