शुक्रबार, पुष ११, २०८२

कोशी प्रदेशमा निक्षेप परिचालन घट्यो

नेपालखोज २०८० असार ११ गते १३:४८

काठमाडौं । कोशी प्रदेशमा निक्षेप परिचालन घटेको छ ।

नेपाल राष्ट्र बैंकले आज सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको प्रादेशिक आर्थिक गतिविधि सम्वन्धी प्रतिवेदन अनुसार कोशी प्रदेशमा २०७९ असार मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको निक्षेप शुन्य दशमलव सात प्रतिशतले घटेर तीन खर्ब ६४ अर्ब पुगेको छ ।

राष्ट्र बैंकका अनुुसार कर्जा प्रवाह भने दुई प्रतिशतले बढेर पाँच खर्ब ५६ अर्ब पुगेको छ । २०७९ पुस मसान्तमा कोशी प्रदेशको कर्जा निक्षेप–अनुपात एक सय ५२ दशमलव सात प्रतिशत रहेको छ । २०७९ पुस मसान्तसम्म कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी ६६ दशमलव छ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार २०७९ असार मसान्तको तुलनामा २०७९ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा छ दशमलव दुई प्रतिशतले वृद्धि बढेर ५७ अर्ब ९२ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १२ दशमलव छ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तसम्म यस क्षेत्रमा प्रवाह भएको कुल कर्जा ५४ अर्ब ५२ करोड रहेको थियो । समीक्षा अवधिमा कोशी प्रदेशमा पाँच खर्ब ५६ अर्ब बराबर कुल कर्जा प्रवाह भएकोमा कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १० दशमलव चार प्रतिशत रहेको छ । २०७९ असार मसान्तमा कुल कर्जामा यस्तो कर्जाको अंश १० प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार २०७९ पुस मसान्तसम्म कृषि कर्जाका विभिन्न शीर्षकहरुमा प्रवाहित कर्जा मध्ये अन्य कृषि तथा कृषिजन्य सेवामा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी २७ दशमलव एक प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया