नेप्सेको उकालो यात्रा : ११ अंकले बढ्दा पाँच अर्ब ३१ करोडको सेयर किनबेच

नेपालखोज २०८० असार ११ गते १५:२१

काठमाडौं । नेप्सेको उकालो यात्राले साताको दोस्रो कारोबार दिन आज सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ६२ दशमलव २१ अंकले बढेको नेप्से आज सोमबार पुन ११ दशमलव ६९ अंकले बढेर २१ सय २९ दशमलव ४२ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६६ अंकले बढेर तीन सय ९९ दशमलव ११ अंकमा चढेको छ ।

नेप्सेमा आज दुई सय ७९ वटा कम्पनीहरुको ७३ हजार नौं सय ५८ पटकको कारोबारमा एक करोड १९ लाख तीन हजार छ सय ८७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा पाँच वटा समुहहरुको सूचक घटेर बाँकी समुहहरुको सूचक बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सूचक आठ दशमलव ४० अंकले बढेर १२ सय २८ दशमलव २५ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि २४ दशमलव ९५ अंकले बढेर तीन हजार नौं सय ५७ दशमलव ६९ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ५६ दशमलव ३० अंकले बढेर १८ सय ६७ दशमलव ४९ अंंकमा चढेकोमा होटल चतथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सूचक पनि ४७ दशमलव ९५, शुन्य दशमलव १४, २८ दशमलव ४९, एक सय ५१ दशमलव ४९ र शुन्य दशमलव २० अंकले बढेका छन् ।

जलबिद्युत समुहको सूचक भने ११ दशमलव ११ अंकले घटेर २५ सय ४१ दशमलव ३८ अंकमा झरेकोमा जीवन बीमा समुहको सूचक पनि नौं दशमलव ७१ अंकले घटेर १२ हजार तीन सय २१ दशमलव ६३ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सूचक पनि एक सय १२ दशमलव ५५ अंकले घटेर ११ हजार पाँच सय १४ दशमलव ७५ अंकमा पुगेकोमा अन्य र टे«डिङ समुहहरुको सूचक पनि क्रमशः आठ दशमलव ८४ र छ दशमलव ५४ अंकले घटेका छन् ।

नेप्सेमा आज हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर चार सय ६१ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुुँदा सुपरमादी हाईड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ९४ प्रतिशतले घटेर चार सय ४० रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

आज शिवम सिमेन्टको प्रतिकित्ता छ सय २१ रुपैंयाँ अन्तिम मुल्यमा ४२ करोड दुई लाख चार हजार छ सय १५ रुपैंयाँ ५० पैसाको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया