बिहीबार, जेठ २, २०८२

अवैध लागूऔषधसहित विदेशी नागरिक पक्राउ

नेपालखोज २०८० असार ११ गते १८:३९

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको व्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८ केजी ७ सय ४० ग्राम, टर्किस एयरलाईन्सको व्याग ट्यागसहितको बोर्डिङ पास २ थान, २ हजार ५ सय भारतीय रुपियाँ, २ हजार ३ सय ९० यूरो, २ सय ६० पाउण्ड स्टर्लिङ र मोबाइल ३ थानसहित मोल्दोभा र रोमानियाको राहदानी बाहक ४१ वर्षीय डिनिस क्युसी रेभिललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

टर्किस एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट स्तानबुल हुँदै जुरिच स्वीटजरल्याण्ड प्रस्थान गर्न लागेका उनको लगेज जाँच गर्ने क्रममा लगेजभित्र फल्सबटम बनाई खैरो रंगको प्लाष्टिकले र्या पिङ गरी लैजान लागेको उक्त परिमाणको लागूऔषध र नगदसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचर र लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब १४ केजीसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश जिल्ला बलिया गरवार बिसुकिया बस्ने ३४ वर्षीय हनुमान विंद र उनकै श्रीमती ३५ वर्षीया सर्मिला मण्डल रहेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ कमानेबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ २५ ग्राम, तौल गर्ने मेसिन १ थान, नगद ५ हजार रुपैयाँ र मोबाइल ५ थानसहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३१ वर्षीय विशाल रावत, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर र सोही उपमहानगरपालिका–१० निउरेनी बस्ने ३२ वर्षीय बिमल भोलन रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया