बिहीबार, असार ५, २०८२

प्रतिनिधिसभाकाे बैठक आज पनि बस्दै, विनियाेजन विधेयकमाथिकाे छलफल जारी रहने

नेपालखोज २०८० असार १२ गते ६:२५

काठमाडाैं । प्रतिनिधिसभाकाे बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने छ ।

आजकाे बैठकमा विनियाेजन विधेयकमाथिकाे छलफल जारी रहनेछ । साेही क्रममा विनियाेजन (बजेट) विधेयक माथी उठेका प्रश्रकाे जवाफ सबन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यलाई निरन्तरता दिइने संसद सचिवालयले जनाएकाे छ ।   

जसअनसार आजकाे बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाको हिजाेकाे बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत प्रतिनिधि सभा सदस्यहरूले मन्त्रालयगत छलफलमा उठाएका प्रश्नहरूको रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले जवाफ दिएका थिए ।

प्रतिक्रिया