सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारतमा खेल्ने
नेपालखोज
२०८० असार १२ गते १५:०५

मुम्बई । सात वर्षपछि पाकिस्तानी क्रिकेट टोली भारती भूमिमामा खेल्ने भएको छ ।
भारतले सात वर्षपछि पहिलो पटक ५० ओभरको विश्वकप खेलका लागि पाकिस्तानको क्रिकेट टोलीलाई स्वागत गर्ने भएको छ ।
अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलले मङ्गलबार यसबारे सूचना सार्वजनिक गरेको छ । बहुप्रतीक्षित भारत-पाकिस्तान बीच प्रतिस्पर्धा आइतबार अक्टोबर १५ मा अहमदाबादमा हुने छ ।
सम्बन्धित

प्रतिक्रिया