शुक्रबार, पुष ११, २०८२

पहिलो खेलमै विजयी भए नेपाललाई सेमिफाइनल पुग्ने अवसर

नेपालखोज २०८० असार १२ गते २०:४८

काठमाडौं । मलेसियामा जारी एसिसी यू-१६ इस्टर्न जोन कपमा बुधबार थाईल्यान्डलाई पराजित गरे सेमिफाइनल खेल्ने भएको छ । नेपाल र थाईल्यान्डको बीचको खेल बुधबार बिहान ७:१५ मा सुरु हुनेछ ।

समूह ‘ए’ मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह ‘बी’ मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनएसिया छन् । समूह ‘ए’ को खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो ।

थाईल्यान्ड पहिलो खेलमै पराजित भएको हुँदा नेपाल पहिलो जित निकालेको खण्डमा सेमिफाइनलमा पुग्नेछ । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । सेमिफाइनल ३ जुलाई र फाइनल ४ जुलाईमा हुनेछ । नेपाल मलेसिया प्रस्थान गरि सकेको छ ।

प्रतिक्रिया