बिहीबार, असार ५, २०८२

मन्त्री मोदीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट

नेपालखोज २०८० असार १२ गते २१:२७

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग नेपालका लागि नवनियुक्त गणतन्त्र कोरियाका राजदूत पार्क टियोङ्गले शिष्टाचार भेट गरेका छन् ।

मन्त्री मोदीसँग राजदूत टियोङ्गले आज मन्त्रालयमा भेटवार्ता गरेका हुन् । सो अवसरमा मन्त्री मोदीले नवनियुक्त राजदूत टियोङ्गलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेकाे सचिवालले जनाएको छ ।

जनता–जनताबीचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै बहुपक्षीय कोरिया नेपाल सम्बन्धको जग भएको बताउँदै मन्त्री मोदीले भने, ‘यस सम्बन्धलाई अझ प्रगाढ बनाउनका निम्ति हाम्रो स्थानीय तह र कोरियाका विभिन्न सहरबीच भगिनी सम्बन्ध कायम गर्न हामी इच्छुक छौँ ।’

सो अवसरमा राजदूत टियोङ्गले भने, ‘नेपाल र कोरियाबीच जनस्तरको सम्बन्ध छ, दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ प्रागाढ र सुदृढ बनाउने कार्यमा मेरो भूमिका रहनेछ ।’ उनले यही असार २० गतेदेखि मन्त्री मोदीबाट हुन लागेको कोरिया भ्रमण सफलताको शुभकामना व्यक्त गरे।

प्रतिक्रिया