सफलता पाउन के गर्नुपर्छ ?

जो आफ्नो जीवन सफल बनाउने प्रयासमा हुन्छन् उनीहरु प्रगतिको बाटोमा गतिशील रहन्छन् । किनभने प्रगतिको बाटोमा गतिशील रहदा नै लक्ष्यको दुरी लगातार घट्दै जान्छ । यसबाट अधिक कुशल र सक्षम पनि भइन्छ । यदि आफ्नो लुकेका शक्तिहरूमा पुग्न चाहनुहुन्छ भने निरन्तर सुधार आवश्यक छ । व्यक्तिले निरन्तर आफ्नो ज्ञान बढाउनुपर्छ, आफ्नो मानसिक र आध्यात्मिक दृष्टिकोणलाई फराकिलो बनाउनुपर्छ ।
समस्याबाट सिक्नुहोस् :
विपत्ति आइपर्दा आत्मविश्वास खस्किन्छ । योजनाहरू अस्तव्यस्त हुन्छन्, अप्रत्याशित बाधाहरू देखा पर्छन् र सबै कुरा बिग्रिए जस्तो देखिन्छ। यो आत्मविश्वास नवीकरण गर्ने समय हो। जति ठूलो बाधा छ, त्यति नै आत्मविश्वास चाहिन्छ।याद गर्नुहोस्, मानिसले सामान्य समयमा भन्दा संकटमा दस गुणा बढी सिक्छन्।
मेहनत असफल भए पनि प्रशंसा
मेहनत असफल भए पनि प्रशंसा गर्नुपर्छ तर प्रयासको मात्र साँचो तारिफ गर्नुपर्छ । प्रशंसा उसैको हुनुपर्छ जसले मैदानमा संघर्ष गर्छ, जो बहादुरीका साथ प्रयास गर्छ, जसले गल्ती गर्छ र बारम्बार असफल हुन्छ। बलियो उत्साह र बलियो वफादारी जान्ने व्यक्तिको प्रशंसा गर्नुपर्छ । जब मान्छे कोसिस गरेर पनि असफल हुन्छ, उसको प्रयासका लागि बधाई दिनु राम्रो बानी हो।
भावनाका रंगहरू शब्दहरूमा
उत्साहको कमी हामिले गर्ने हरेक कुरामा देखिन्छ, हरेक काममा प्रकट हुन्छ। त्यसैले मनबौ हात मिलाउनु पर्छ , हृदय देखि नै मुस्कान दिनुपर्छ । आफ्नो आँखाबाटै मुस्कुराउनुपर्छ । जब हामि मुस्कुराउँछौं त्यो देखिन्छ । कसैलाई हृदय देखि नै धन्यवाद दिदा यसरी धन्यवाद दिउँ कि सम्बन्धित व्यक्तिले त्यो धन्यवाद सुनोस् । हृदय देखि नै कुरा गर्नुपर्छ । जब हामि आफ्नो शब्दमा भावनाको रंग भर्छौ , मानिसहरूले हामिलाई ध्यान दिएर सुन्छन् । हाम्रा कुरालाई महत्व दिन्छन् ।
प्रतिक्रिया