थाइल्यान्डमाथी नेपालको फराकिलो जित

नेपालखोज २०८० असार १३ गते ११:५८

काठमाडौं । एसीसी यू-१६ मेन्स इस्टर्न रिजन कप २०२३मा नेपालले सानदार सुरुआत गरेको छ ।

मलेसियाको बांगीमा बुधबार सम्पन्न खेलमा नेपालले थाइल्यान्डमाथि २ सय २५ रनको फराकिलो जित निकालेको हो ।

जितसँगै समूह ‘ए’नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । दुवै खेलमा पारजित थाइल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ । थाइल्यान्ड पहिलो खेलमा घरेलु टोली मलेसियासँग पराजित भएको थियो ।

नेपालले प्रस्तुत गरेको २ सय ७० रनको लक्ष्य पछ्याएको थाइल्यन्ड १३.२ ओभरमा ४४ रनमै समेटियो ।

थाइल्यन्डका लागि इसान बेनर्जीले १६ तथा डानुफोनले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । थाइल्यान्डका सात ब्याटर रनको खाता पनि खोल्न नपाइ आउट भएका थिए ।

नेपालका लागि सन्तोष यादवले ३.२ ओभमार मात्र आठ रन खर्चिदै ५ विकेट लिए । यसैगरी आशोक धामीले ३ तथा अभिषेक तिवारीले २ विकेट लिए ।

नेपालले आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियाको सामना गर्नेछ । यो खेलले समूह विजेताको टुङ्गो लगाउनेछ । कोभिड-१९ को महामारीपछि नेपाली यू-१६ टोलीले खेलेको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

प्रतिक्रिया