शनिबार, वैशाख १५, २०८१

सबैभन्दा धेरै कमाउने टिभी स्टारहरू

नेपालखोज २०८० असार १३ गते १२:५४

काठमाडाैं । अमिताभ बच्चनले ‘कौन बनेगा करोडपति’का लागि प्रति एपिसोड १ देखि ५ करोड भारु सम्म पारिश्रमिक लिने गरेका छन् ।रुपाली गांगुलीले ‘अनुपमा’ शोको प्रत्येक एपिसोडका लागि ३ लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् ।

करण जोहरले ‘कफी विथ करण’ शोका लागि प्रति एपिसोड १ देखि ५ करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । कंगना रनौतले ‘लक अप’ शोका लागि प्रति एपिसोड १ देखि ५ करोड रुपैयाँसम्म पारिश्रमिक लिएकि थिइन् ।

सलमान खानले ‘बिग बोस’ ओटीटीका लागि प्रति हप्ता करिब २५ करोड भारु लिनेछन् । कपिल शर्माले ‘द कपिल शर्मा’ शोका लागि प्रति एपिसोड करिब १ करोड भारु पारिश्रमिक लिने गरेका छन् ।

प्रतिक्रिया