बजेट बहुमतले पारित
नेपालखोज
२०८० असार १३ गते १६:४४

काठमाडाैं । प्रतिनिधिसभाबाट बजेट बहुमतबाट पारित भएको छ ।बजेटको पक्षमा मत १४७ आउँदा विपक्षमा १०८ मत आयाे ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकले अर्थमन्त्री डा प्रकाशरण महतले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
बैठकमा उपस्थित २५५ जना रहेका र प्रस्तावको पक्षमा १४७ तथा विपक्षमा १०८ मत खसेको सभामुख घिमिरेले बताए ।
गत १५ जेठमा संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकका अर्थमन्त्री महतले पेस गरेको विनियोजन विधेयकलाई बुधबार निर्णयार्थ प्रस्तुत गरिएको हो ।
सम्बन्धित
प्रतिक्रिया