बुधबार, जेठ १, २०८२

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० असार १३ गते २२:५९

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति ।

रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिट खारेज ।

प्रतिनिधिसभाबाट आगामी वर्षको बजेट बहुमतबाट पारित ।

विचार गरियोस् भन्ने प्रस्ताव र राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत ।

लुम्बिनी प्रदेशमा दुई मन्त्रालयको नाम फेरियो ।

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज ।

कोशी प्रदेशमा प्रशासन सुधार कार्यदलले प्रतिवेदन बुझायो ।

बङ्गलादेशमा डेङ्गुबाट जुन महिनामा मात्रै ३४ जनाको मृत्यु ।

भारतमा जारी साफ च्याम्पियनसिप फुटबलमा आमन्त्रित टोली लेबनानको लगातार तेस्रो जित ।

एसीसी यू-१६ मेन्स इस्टर्न रिजन कप २०२३मा थाइल्याण्डमाथि नेपालको जित ।

एसियाडका लागि भारोत्तोलनका चार खेलाडी छनोट ।

प्रतिक्रिया