शनिबार, जेठ ५, २०८१

निजी विद्यालयले पनि सरकारी सरह शिक्षकलाई तलब भत्ता दिन बालेन शाहकाे निर्देशन

नेपालखोज २०८० असार १४ गते ८:५३

काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयले पनि सरकारी स्कुल सरह शिक्षकहरूलाई तलब भत्ता दिनुपर्ने बताएका छन् ।

संस्थागत (नीजि) विद्यायले शिक्षकहरूलाई कानुन सम्मत तलब नदिएकाे गुनासाे गरे पछि मेयर शाहले सार्वजनिक रूपमा नै शिक्षकहरूकाे तलब सार्वजनिक गर्दै साेही अनुसार व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

उनले काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिएकाे भन्दै तलब स्केल सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया