चीनसँगको सम्बन्ध अतुलनीय-न्युजिल्याण्डका प्रधानमन्त्री

बेइजिङ । चीनसँगको सम्बन्ध न्युजिल्यान्डका लागि अतुलनीय रूपमा महत्त्वपूर्ण रहेको न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले बताएका छन् ।
चीन भ्रमणमा रहनु भएका क्रिसले बेइजिङमा आयोजित कार्यक्रममा बुधवार दुई देशबिच निकै रचनात्मक र सकारात्मक सम्बन्ध रहेको उनले बताएका छन् ।
सिन्ह्वाले सोधेको प्रश्नको उत्तर दिँदै न्युजिल्यान्ड र चीन सम्बन्ध न्युजिल्यान्डका लागि अविश्वसनीय रूपमा महत्त्वपूर्ण रहेको धारणा राखेको हो ।
हाम्रो सम्बन्धलाई हामीसँग सम्झौता भएका क्षेत्रहरू र हाम्रा साझा चासोहरूद्वारा व्यापक रूपमा परिभाषित गर्न सकिन्छ, उनले भने । कोभिड-१९ को महामारीबाट बाहिर निस्किँदै न्युजिल्यान्डले चीनसँग आर्थिक गतिविधि पुन: स्थापना गर्नु प्राथमिकतामा रहेको हिपकिन्सले बताएका छन् ।
प्रधानमन्त्री हिपकिन्सले भने- चीन पहिले देखिनै न्युजिल्याण्डको सबैभन्दा ठुलो व्यापारिक साझेदार भएकाले द्विपक्षीय व्यापारलाई अझ विस्तार गर्ने आशा राखेको छ ।
चीनसँगको व्यापारको दायरा विस्तार गर्ने सम्भावनाको बारेमा उत्साहित हुँदै उनले भने- द्विपक्षीय शिक्षा सम्बन्ध धेरै राम्रो रहेको र दुई देशबिचको शिक्षा सहयोगलाई थप बढवा दिन तत्पर रहनुपर्छ जसबाट दुवै देश लाभान्वित हुन सकुन् । हामी विश्वमा उत्कृष्ट पर्यटकीय अनुभवहरू प्रदान गर्दछौँ ।
हामीसँग सुन्दर देश छ र हामी विश्वभरका मानिसहरूसँग साझेदारी गर्न चाहान्छौं,’ हिपकिन्सले भने, चिनियाँ पर्यटकहरूको सङ्ख्या देखेर हामी धेरै उत्साहित छौँ । यो सङ्ख्या निरन्तर बढ्दै गएको छ।’
प्रधानमन्त्री हिपकिन्स जुन २५ देखि ३० सम्म चीनको भ्रमणमा छन् । यस अवधिमा उनले उत्तरी चीनको बन्दरगाह सहर टियाङ्जिनमा समर डाभोस फोरम भनेर चिनिने नयाँ च्याम्पियनहरूको १४ औँ वार्षिक बैठकमा भाग लिँदै छन् ।
प्रतिक्रिया