काठमाडौंबाट पाकिस्तान उडे ज्याक मा
नेपालखोज
२०८० असार १४ गते १४:३६

काठमाडौ । चिनियाँ अर्बपति ज्याकमा नेपालको तीनदिने बसाइपछि आज पाकिस्तान उडेका छन् ।
उनी चढेर आएको बोइङ जहाज बिहीबार अपरान्ह पाकिस्तानको लाहौर उडेको त्रिभुवन विमानस्थलले जनाएको छ ।
उनी मंगलबार सिङ्गापुरबाट बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर नेपाल आएका थिए । उनीसहित अरु ६ जना पनि आएका थिए । जसमा एकजना महिला पनि ज्याकमाको टोलीमा थिइन् ।
नेपाल बसाइका दौरान उनी भक्तपुर दरबार स्क्वायर र स्वयम्भुको भ्रमणमा समेत पुगेका थिए । उनी नेपाल आउनुको कारण भने खुलेको छैन ।
सम्बन्धित
प्रतिक्रिया