शनिबार, जेठ ५, २०८१

सातामा २३ अर्ब २५ करोड रुपैंयाँको सेयर किनबेच

नेपालखोज २०८० असार १५ गते १२:०२

काठमाडौं । यो साता नेप्से २१ सय ५० दशमलव ९९ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय दुई दशमलव ७५ अंकमा सिमित हुन पुगेको छ ।

दुई सय ८० वटा कम्पनीहरुको यो साता तीन लाख २६ हजार नौं सय ६४ पटकको कारोबारमा पाँच करोड ३१ लाख पाँच हजार १० कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार कुल कारोबार रकम २३ अर्ब २५ करोड १४ लाख आठ हजार नौं सय ५७ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा तीन अर्ब रुपैंयाँले बढी हो ।

गत साता भने नेप्सेमा दुुई सय ८० वटा कम्पनीहरुको तीन लाख २० हजार एक सय ३४ पटकको कारोबारमा पाँच करोड २५ लाख २३ हजार दुई सय ८६ कित्ता शेयर किनबेच भएको थियो । जसबाट उक्त साता कुल कारोबार रकम २० अर्ब ६६ करोड २० लाख ८४ हजार छ सय १२ रुपैंयाँ पुगेको थियो ।

यो साता नेप्से चार दिन मात्र खुल्ला रहेकोमा चौंथो दिन घटेको नेप्से पहिलो, दोस्रो र तेस्रो कारोबार दिन भने बढेको थियो । पाँचौं दिन भने सार्वजनिक बिदा परेका कारण नेप्से बन्द रहेको थियो ।

जसमध्ये पहिलो दिन ६२ दशमलव २१ अंकले बढेर २१ सय १७ दशमलव ७३ अंकमा पुगेको नेप्से चौंथो दिन भने ३५ दशमलव ३७ अंकले घटेर २१ सय ५० दशमलव ९९ अंकमा सिमित भएको थियो । यि बाहेकका बाँकी दिनहरुमा नेप्से बढेको थियो भने पाँचौं दिन सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।

यसैगरी पहिलो दिन नौं दशमलव ६४ अंकले बढेर तीन सय ९५ दशमलव ४५ पुगेको सेन्सिटिभ इन्डेक्स चौंथो दिन भने नौं दशमलव ७६ अंकले घटेर चार सय दुई दशमलव ७५ सिमित हुन पुगेको थियो ।

कारोबार भएका कम्पनीहरु मध्ये यो साता शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्रालि, नबिल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया