मंगलबार, वैशाख ३०, २०८२

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

नेपालखोज २०८० असार १५ गते १३:५८

ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिका-२ स्थित सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हिजो साँझ साढे ६ बजे कच्चि सडक खण्डमा ना.६ त ८७४६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव १५० मिटर तल झरि दुर्घटना हुँदा ट्याक्टर चालक रामेछाप मन्थली नगरपालिका-७ का ३० बर्षीय विनोद नेपाली र ट्रयाक्टरमा सवार रहेकी स्थानीय १८ बर्षीया अप्सरा खड्का समेत घाईते भएकोमा तत्काल स्थानिय मेडिकलमा उपचारको क्रममा अपसरा खड्काको मृत्यु भएको हो ।

नेपालीलाई थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया