मंगलबार, जेठ ८, २०८१

एशियन पेन्ट्स नेपालद्वारा लक्की डिलरलाई नेक्सन इभी हस्तान्तरण

नेपालखोज २०८० असार १५ गते १९:३०

काठमाडौं । काठमाडौं नेपालको अग्रणी पेन्ट कम्पनी, एशियन पेन्ट्सले आफ्नो अत्यधिक रूपमा सफल रहेको आरोहण डिलर सेल्स प्रतियोगिता दुबईमा आयोजित एक स्मरणीय उत्सवको साथ सम्पन्न गरेको छ । करिब १७० डिलरहरूको सहभागिता रहेको यस कार्यक्रममा आफ्नो अद्भुत प्रदर्शन मार्फत सम्मान र पुरस्कार प्राप्त गर्ने योग्य विजेताहरूलाई सम्मानित गरिएको थियो ।

कार्यक्रमको मुख्य आकर्षण भने एक भव्य लक्की ड्र थियो, जसमा महोत्तरी स्थित गौशालाका गुप्ता ट्रेडर्सले टाटा नेक्सन इभी एक्स जेड प्लस गाडी जितेका थिए, जुन एशियन पेन्ट्स नेपाल प्रा.लिमिटेडका कन्ट्री डिरेक्टर,श्री जी. गोपाल कृष्णनद्वारा डिलरको परिसरमा विजेता ट्रेडर्सलाई हस्तान्तरण गरिएको थियो ।

एशियन पेन्ट्सको यो अप्रत्याशित रूपमा गाडी जितेकोमा आफूहरूलाई आफ्नो काममा अझ धेरै हौसला मिलेको बताउँदै डिलरले धेरै कृतज्ञता र उत्साह व्यक्त गरेका थिए । तीन महिनासम्म चलेको आरोहण डिलर सेल्स प्रतियोगितामा देशभरका एशियन पेन्ट्सका डिलरहरूको उत्साहजनक सहभागिता रहेको थियो । यस योजनाले एशियन पेन्ट्सको वृद्धि र बजारमा उपस्थिति राख्नमा अटल सहयोग र उत्कृष्ट योगदानको लागि डिलरहरूलाई मान्यता र पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया