धनगढी उडेनको श्री एयरलाइन्सको जहाज अवतरणा नगरी काठमाडौं नै फर्कियाे
नेपालखोज
२०८० असार १६ गते २०:१३

काठमाडौं । काठमाडौंबाट धनगढी उडेनको श्री एयरलाइन्सको जहाज अवतरणा नगरी काठमाडौं नै फर्किएको छ ।
श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको हाइड्रोलिक फेल भएपछि काठमाडौं नै फिर्ता भएको हो ।
श्रीको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो । त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ भने धावनमार्ग खाली भएको छ । पछिल्लो समय श्रीको जहाजमा बारम्बार समस्या आइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया