मेटलाइफ फाउन्डेसनद्वारा वन जंगल पुनरुत्थान परियोजनाका लागि सहयोग

काठमाडौं । मेटलाइफ फाउन्डेसनले नेपालको नवलपरासी जिल्लाको बछौलीमा आर्बर डे फाउन्डेसनको नेतृत्वमा ठूला मात्रामा सामुदायिक वन वृक्षारोपणको प्रयासमा सहयोग उपलब्ध गराएको छ ।
आयोजनामा चितवन राष्ट्रिय निकुञ्ज वरपरका तराईका समतल क्षेत्र र हिमाली क्षेत्रका २९४ एकड जङ्गलको पुनस्र्थापनाका लागि ५ हजार रुख रोपिएको थियो । यस परियोजनाले राष्ट्रिय जैविक विविधताको संरक्षण र पुनर्स्थापना, स्थानीय जीविकोपार्जनमा सुधार गर्न र प्राकृतिक महत्वका क्षेत्रमा वन पुनर्स्थापना गर्न मध्यवर्ती क्षेत्र विकास गर्ने लक्ष्य राखेको छ ।
नेपालका जंगलहरू सौन्दर्यले भरिपुर्ण एक प्राकृतिक बरदान हुन, जसमा धेरै लोपोन्मुख वन्यजन्तु प्रजातिहरू छन् । चितवन राष्ट्रिय निकुञ्ज वरपरको इकोसिस्टममा अत्यधिक फसल काट्ने, जंगलमा लागेको आगो र अनियोजित कृषि उत्पादनले ठूलो असर पारेको छ । वातावरणीय क्षतिले स्थानीय दिगोपन र ग्रामीण जनसंख्याको जीविकोपार्जनमा असर पारेको छ र प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको जोखिम बढेको छ ।
तराई क्षेत्र आसपासमा सालका रूखहरूले भरिएको बछौलीमा स्थानीय जनसङ्ख्या बढ्दै गएको छ, जसले गर्दा ठूलो मात्रामा वन, प्राकृतिक बासस्थान र भूमिको उर्वरता नष्ट भएको छ ।
यी समस्याहरूको सामना गर्न, मेटलाइफ फाउन्डेसनले नवलपरासी जिल्लामा इडेन रीफरेसटेसन परियोजना मार्फत आर्बर डे फाउन्डेसनलाई सहयोग गरेको छ । निकुञ्जको जैविक विविधता मध्यवर्ती क्षेत्र नजिकै माटो लंगर र माटो खस्ने समस्या रोकथाममा फाइदाहरू भएका स्वदेशी रूखहरू रोपिएका थिए । यस परियोजनाले नर्सरी विकास, बिरुवा अंकुरण, र प्लेटिङलाई समावेश गरी तीन–चरणमा यस परियोजना सम्पन्न गरिएको थियो । स्था
नीय वन विभागले आगामी वर्ष यी ग्रामीण समुदायहरूका रूखहरू, महत्त्वपूर्ण बोटबिरुवाहरू र वन्यजन्तु प्रजातिहरूको मर्मत सम्भार र संरक्षणको निरीक्षण गर्नेछ।थप रूपमा, यस परियोजनाले स्थानीय वन कार्यक्रम प्रारम्भ गर्न स्थानीय महिला नेतृत्वको टोलीहरू विकास गरेर समुदायमा महिला सशक्तिकरणमा पनि ध्यान केन्द्रित गरेको छ ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भनेः ‘जलवायु परिवर्तन र वातावरणीय जोखिमहरू विरुद्ध लड्न जैविक विविधता र प्राकृतिक स्रोतहरू आवश्यक छन् । मेटलाइफ फाउन्डेसनको यो सहयोगले लोपोन्मुख प्रजातिहरूको संरक्षण र उनीहरूको प्राकृतिक बासस्थानको पुनर्स्थापना गरी दिगो भविष्य कायम गर्न मद्दत गर्नेछ ।’
यस परियोजनाले मेटलाइफको २०२० र २०३० बीचमा ५० लाख रूख रोप्ने प्रयासमा पनि योगदान पुर्याउँछ, प्राकृतिक प्रकोपबाट जोखिममा रहेका क्षेत्रहरूलाई प्राथमिकता दिँदै स्थानीय इकोसिस्टम र समुदायको स्वास्थ्य सुधार गर्न र जैविक विविधता संरक्षण गर्न मद्दत गर्नेछ ।
मेटलाइफ फाउन्डेशनको बारेमा:
मेटलाइफ फाउण्डेशनमा हामी आर्थिक स्वस्थता सबैको लागी हो भन्ने मान्यता राख्दछौँ । आर्थिक असक्षमता भएका समुदाय र मानिसको आर्थिक स्वस्थता वृद्धिका लागी हामीले साहसी समाधान, गहिरो आर्थिक विशेषज्ञता र महत्वपुर्ण अनुदान उपलब्ध गराउदछौँ ।
ठोस प्रभाव पार्ने प्रयत्नमामेटलाइफ का कर्मचारीलाई सहभागी गराई आर्थिक स्वस्थताको अभिबृद्धि तथा अझ सुदृढ समुदाय निर्माणका लागि हामी विश्वका विभिन्न संस्थहरुसँग सहकार्य गर्दछौं । कर्पोरेट योगदानरसमुदायको सहभागिताको लामो परम्पराई निरन्तरता दिन मेटलाइफ फाउण्डेशन सन् १९७६ मा स्थापित भएको होे ।
स्थापनाकालदेखि सन् २०२० को अन्त्यसम्म आइपुग्दा, मेटलाइफ फाउन्डेशनले ९० करोड अमेरिकि डलर अनुदान मेटलाइफ सञ्चालनमा रहेका ठाउँहरुको समुदायमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरुसँग सम्बन्धित लगानी गरिसकेको छ ।
आर्बर डे फाउन्डेशनको बारेमा:
१९७२ मा स्थापित, आर्बर डे फाउन्डेसन रूख रोप्न समर्पित संसारको सबैभन्दा ठूलो सदस्य गैर–नाफामुखी संस्था हो।यस संस्थाले व्यक्तिहरू, नगरपालिकाहरू, निगमहरू, र रोपण संस्थाहरूको एक विविध समूह समावेश गराई विश्वभर रूखहरू रोप्न सक्षम गर्दछ ।
साथै यस फाउन्डेशनले विभिन्न देशका संस्थाहरुसंग साझेदारी तथा सहकार्य गर्दछ जो उनीहरूले सेवा गर्ने क्षेत्रमा गहिरो रूपमा संलग्न छन् र सही स्थानहरूमा सही रूखहरू रोप्नका लागि सबैभन्दा ठूलो प्रभाव पार्ने सेवा गर्दछन् ।
५० वर्षभन्दा बढी समयदेखि, उनीहरूले ५० भन्दा बढी देशहरूमा र जंगलहरूमा ५० करोडभन्दा बढी रूखहरू रोप्न मद्दत गरेका छन्
प्रतिक्रिया