ललिता निवास प्रकरण : थप तीनजना पक्राउ
नेपालखोज
२०८० असार १७ गते २०:५१

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा आइतबार थप तीन जनालाई पक्राउ गरेको छ ।
तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमान कुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जनलाई पक्राउ गरिएको ब्युरोका एक अधिकृतले जानकारी दिए ।
ब्युरोले यसअघि ४ जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरिसकेको छ । ललिता निवास प्रकरणमा ब्युरोले नियन्त्रणमा लिएकाको सङ्ख्या ७ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया