आइतबार, वैशाख १४, २०८२

गुरु पूर्णिमाको गुरुमन्त्र !

नेपालखोज २०८० असार १८ गते ५:५८

आज साउन १८ गते सोमबार गुरु पूर्णिमा (आषाढ शुक्ल पूर्णिमा) हो । यो गुरुको पूजा गर्ने महान पर्व हो । शास्त्रमा भगवान् भन्दा गुरुको स्थान माथि भनिएको छ, धर्म/अधर्म, पाप-पुण्यको ज्ञान गुरुबाट मात्र हुन्छ । गुरुको ज्ञानको सहायताले जीवनमा सफलता, सुख र शान्ति प्राप्त हुन्छ । त्यसैले गुरुलाई सधैं पूजनीय मानिएको छ ।

सही र गलतको ज्ञान गुरुले दिन सक्नुहुन्छ तर त्यो ज्ञानलाई जीवनमा लागू गर्नुपर्छ। हामीले लागू नगरेसम्म बुद्धिका शब्दहरू लाभदायक हुन सक्दैनन् । असल गुरुको कृपाले कुनै पनि शिष्य शास्त्र नपढि विद्वान बन्छ र कठिन कार्यहरू पूरा गर्न समर्थ हुन्छ ।

गुरु बिना ज्ञान हुँदैन। जसको जीवनमा गुरुको प्रभाव हुँदैन, उनीहरुले कहिल्यै ठूलो सफलता प्राप्त गर्दैनन् र सधैं बेचैन रहन्छन् । जो आफ्नो गुरुबाट प्रेरित हुन्छन्, सधैं अगाडि बढिरहन्छन् ।

यदि हामीले गुरुको शिक्षालाई जीवनमा लागू गर्यौं भने सकारात्मकता सधैं हाम्रो साथ रहनेछ। शिष्यमा गुरुको प्रभाव जीवनभर रहन्छ। गुरुको प्रभाव कतिसम्म हुन्छ भन्ने कुरा कसैले जान्दैनन ।

प्रतिक्रिया