यदि कुनै गुरु छैनन् भने…

हामी आफ्ना गुरु छैनन् भने भगवान शिव, भगवान विष्णु, भगवान हनुमान, देवी दुर्गा वा भगवान कृष्ण को पूजा गर्न सक्छौं । आज गुरु पूजाको महान् पर्व अषाढ पूर्णिमा (गुरु पूर्णिमा) हो ।
शास्त्रमा गुरुको स्थानलाई भगवान बराबर भनिएको छ, किनभने गुरुले मात्र हामीलाई भगवान प्राप्तिको मार्ग देखाउनुहुन्छ । १४ असारमा हरिशयनी एकादशी थियो र त्यसपछि गुरु पूर्णिमा आउँछ अर्थात् हरिशयनपछि गुरुले मात्र हामीलाई संकटबाट बचाउनुहुन्छ।
गुरुले आफ्नो उपदेशले शिष्यको अज्ञानता हटाउनुहुन्छ । देवशयनी एकादशीपछि आउने गुरुपूर्णिमाको तात्पर्य के हो भने देवशयनपछि गुरुको मात्र सहारा रहन्छ। गुरुले मात्र शिष्यको कल्याण गर्नुहुन्छ। त्यसैले गुरुलाई ब्रह्मा, विष्णु र महेश बराबर मानिन्छ।
आषाढ पूर्णिमा देव व्यासको जन्म मिति पनि हो। प्राचीन कालमा महर्षि वेदव्यासको जन्म आषाढ महिनाको पूर्णिमामा भएको थियो । वेद व्यासले वेदको सम्पादन गरे, महाभारत, श्रीमद भगवद् गीता तथा १८ पुराण रचना गरे। त्यसैले गुरु पूर्णिमा वेदव्यासको जन्मजयन्तीमा मनाइन्छ।
गुरु पूर्णिमा कसरी मनाउने ?
यद्यपि हामीले हरेक दिन गुरुको पूजा गर्नुपर्छ, किनभने गुरु बिना हाम्रो जीवनमा ज्योति हुँदैन, तर गुरु पूर्णिमामा गुरु पूजाको विशेष महत्व छ। यस दिन आफ्नो गुरुलाई नयाँ लुगा, कुनै पनि उपहार, शल(श्रीफल वा अन्य कुनै उपहार दिन सकिन्छ। यो दिन फूलको माला लगाइदिएर गुरुको चरण छुदै आशीर्वाद लिनसकिन्छ । उहाँका शिक्षाहरू सुनेर जीवनमा लागू गर्ने प्रतिज्ञा लिदै यो दिन मनाउन सकिन्छ ।
गुरु नभए के गर्ने ?
जसका गुरु छैनन , उनिहरुले आफ्नो ईस्ट देवताको पूजा गर्नुपर्छ। यसमा हामि शिव, विष्णु, गणेश, सूर्य देवता, देवी दुर्गा, हनुमान जी, श्रीकृष्णलाई आफ्नो गुरु मानी पूजा गर्न सक्छौं । यिनीहरू बाहेक मातापिता, घरका अन्य ठूलालाई गुरु मानेर पूजा गर्न सकिन्छ । जसले कसैलाई पनि आफ्नो गुरु मानेका छैनन्, उनीहरुले गुरु पूर्णिमाको दिन कुनै पनि योग्य व्यक्तिलाई आफ्नो गुरु मानेर गुरु दिक्षा लिन सक्छन् ।
गुरुसँग सम्बन्धित मान्यताहरू
जसका गुरु छैनन् उनको पुजा भगवानले पनि ग्रहण गर्दैन भन्ने मान्यता छ । गुरुविहीन व्यक्तिले गरेको श्राद्ध, तर्पण आदि देवताहरूले स्वीकार गर्दैनन्। त्यसैले योग्य व्यक्तिलाई गुरु बनाएर उहाँबाट गुरु दीक्षा लिनुपर्छ । गुरुका सामु कहिल्यै खाली हात जानु हुँदैन। गुरुलाइ फलफूल, कपडा, खाना वा कुनै पनि उपहार दिन सकिन्छ ।
गुरुले दिएको मन्त्र जप गर्नुपर्छ र गुरु मन्त्रलाई गोप्य राख्नुपर्छ । जसरी मन्त्रीको पाप राजालाई र नारीको पाप पतिले महशुस गर्छ, त्यसरी नै शिष्यको पाप गुरुले महसुस गर्छन । त्यसैले यस्तो कुनै काम गर्नुहुँदैन जसका कारणले गुरुको अपमान होस् ।

प्रतिक्रिया