सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
नेपालखोज
२०८० असार १८ गते ११:४६

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका-२ पुर्वपश्चिम राजमार्ग स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
हिजो बिहान साढे ९ बजे ना.०६ ख १३७२ नम्वरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको को. २ ह २३९३ नम्वरको अटोलाई ठक्कर दिँदा घाईते भएका अटो चालक पथरी शनिश्चरेका ५५ बर्षीय भिम शरण तामाङको उपचारको क्रममा मदनभण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लावारीमा मृत्यु भएको हो ।
ट्रक चालक झापा विर्तामोड नगरपालिका- ४ का ४६ बर्षीय नेत्र प्रशाद मैनालीलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया