सोमबार, वैशाख २९, २०८२

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

नेपालखोज २०८० असार १८ गते १४:५९

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा जोडिएका समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन पक्राउ परेका छन् ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागज किर्ते गरेको कसूरमा गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत पोखरेल र पशुपति टिकिन्छा गुठी मार्फत् नक्कली मोही खडा गरिएका महर्जन पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरूलाई सोमबार दिउँसो काठमाडौंबाट नियन्त्रणमा लिएको हो । यससँगै यस प्रकरणमा हालसम्म आठ जना पक्राउ परिसकेका छन् । तीन जना भने अदालतको आदेशका कारण पक्राउ परेपछि छुटेका छन् ।

प्रतिक्रिया