आइतबार, वैशाख २८, २०८२

घट्दो खेती-किसानी चिन्ताको विषय

नेपालखोज २०८० असार १९ गते ७:४७

काठमाडाैं । खेतीको घट्दो संख्याले जैविक विविधतालाई मात्र नभई खाद्यान्न आपूर्तिमा पनि असर गर्छ। साना र सीमान्त किसानहरूले संसारको एक तिहाइ भन्दा बढी खाद्यान्न उत्पादन गरिरहेका छन् । यी साना र सीमान्त किसानहरूले विश्वको कृषियोग्य जमिनको १२ प्रतिशत मात्र खेती गरिरहेका छन् ।

खाद्य तथा कृषि सङ्गठन (एफएओ)का अनुसार विश्वमा करिब ७० प्रतिशत खेती एक हेक्टरभन्दा सानो छ, जबकि तिनले कुल कृषि भूमिको सात प्रतिशत मात्र ओगटेका छन् । १४ प्रतिशत खेतको आकार एकदेखि दुई हेक्टरको बीचमा छ, जुन कुल कृषि भूमिको चार प्रतिशत मात्र हो। त्यस्तै, दुईदेखि पाँच हेक्टरसम्मकोखेती दश प्रतिशत छ, जुन कुल कृषियोग्य जमिनको ६ प्रतिशत मात्र हो ।

यसैगरी ५० हेक्टर भन्दा ठूला खेत विश्वमा एक प्रतिशत भन्दा कम छ , तर तिनले कुल कृषि भूमिको ७० प्रतिशत ओगटेका छन् । यी मध्ये केही खेतहरू एक हजार हेक्टर भन्दा बढी छन्, जुन कुल कृषि भूमिको ४० प्रतिशत हो। यस्तो अवस्थामा यी साना र सीमान्त किसानहरूमा विशेष ध्यान दिन आवश्यक छ ।

विश्वमा जतिधेरै कृषि फार्म भएको खाद्य प्रणाली भयो त्यसले खेतिको पोर्टफोलियोलाई त्यति नै विविध बनाउँछ । अर्कोतर्फ एउटा क्षेत्र पनि कम भयो भने अरुलाई पनि असर गर्छ । यस्तो अवस्थामा यदि फार्महरूको संख्या घट्छ र खेतिको आकार बढ्छ भने यसले पोर्टफोलियोको विविधतालाई कम गर्नेछ, जसको मतलब जोखिम पनि बढ्नेछ । अनुसन्धान रिपोर्ट अनुसार फार्मको आकार बढाउनुका आफ्नै फाइदा छन्, यसले श्रम उत्पादकत्व र आर्थिक वृद्धिमा सुधार ल्याउन सक्छ ।

यसले जनताको आर्थिक विकास मात्र होइन किसानको दायित्व पनि बढ्नेछ । हाल विश्वमा करिब ६० करोड फार्म छन् जसले ८०० करोड मानिसलाई ख्वाइरहेको छ । यो शताब्दीको अन्त्य सम्ममा यसको आधा किसान मात्र मानिसको भोक मेटाउन जिम्मेवार हुनेछन् । यस्तो अवस्थामा यी किसानलाई कसरी तयार गर्ने भन्ने कुरा ठुलो चिन्ताको विषय हो । यसकालागि किसानको शिक्षा र मद्दतका लागि समयमै कदम चालिनुपर्छ ।

प्रतिक्रिया