साफ च्याम्पियनसिप : उपाधिका लागि भारत र कुवेत भिड्दै

नेपालखोज २०८० असार १९ गते ७:२३

काठमाडौं । साफ च्याम्पियनसिप २०२३ को फाइनल खेल आज हुदैँछ । उपाधिका लागि घरेलु टोली भारत र कुवेथ आज आज भिड्दैछन् ।

बेंग्लोरस्थित श्री कान्तिराव स्टेडियममा भारत र कुवेतबिचको फाइनल खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।फाइनलसम्म आइपुग्दा दुवै टोली अपराजित छन् ।

यस पटकदेखि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले साफ च्याम्पियनसिपलाई अझ प्रतिस्पर्धात्मक बनाउन दक्षिण एसिया बाहिरका दुई टोलीला आमन्त्रण गरेको थियो । जसमा कुवेत र लेबनानले पहिलो पटक साफ खेलेका थिए । कुवेत पहिलो सहभागितामै प्रतियोगिताको फाइनल पुगेको हो ।

यता कीर्तिमानी ८ पटक साफ जितेर दक्षिण एसियाको पावर हउसको रुपमा स्थापित रहेको भारत लगातार नवौं पटक साफको फाइनल खेल्दैछ । घरेलु मैदान र दर्शकको साथ पाएको भारत कीर्तिमानी नवौं पटक उपाधि उचाल्ने योजनामा छ ।

भारत र कुवेत दुवै समूह ए मा थिए । समूह चरणमा यी दुई टोलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए । गोलअन्तरका आधारमा भारतलाई पछि पार्दै कुवेत समूह विजेता बनेको थियो ।

प्रतिक्रिया