आइतबार, वैशाख १४, २०८२

वीरगन्जमा देखियो एकै घरका पाँच जनासम्म ठेउला रोग

नेपालखोज २०८० असार २० गते ११:०९

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठरहाँमा ठेउला रोग देखा परेको छ । एकै घरका पाँच जनासम्म यो रोगबाट ग्रसित रहेको सुगौली बिर्ता स्वास्थ्य चौकी इन्चार्ज रामकुमार यादवले जानकारी दिए ।

अठरहाँ गाउँका २५ जनाभन्दा बढीमा देखिएको र दैनिक पाँच/छ जनाका दरले बिरामी सम्पर्कमा आउने गरेको इन्चार्ज यादवको भनाइ छ ।

त्यस्तै, सुगौली बिर्तामा पुस–माघ महिनामा ठेउला फैलिएको तर बीचमा कम देखिएको भए पनि बर्खा लागेसँगै पुनः देखिएको स्वास्थ्यकर्मी श्रवण कुमारले बताए ।

यता ठेउला रोग देखा परेपछि महानगरपालिका तथा सुगौली बिर्ताको स्वास्थ्यकर्मीहरूको टोली गाउँमा पुगेर परीक्षण गरेको थियो । परीक्षण गर्दा ठेउला रोग नै भएको प्रस्ट भएको छ ।

परीक्षणमा नारायणी अस्पतालका छाला विभागका डा. रोहित गुप्ता, वीरगन्ज महानगरका स्वास्थ्य शाखाका रितेश जैसवाल, तथा स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ अधिकृत जयमोद ठाकुरको नेतृत्वको टोली थियो । टोलीले ठेउला रोग महामारीजस्तै भएकाले यसको तत्काल उपचार गर्नुपर्ने बताएको छ ।

यसका लागि बुधबार स्वास्थ्य शिविरको आयोजना हुने बताएको छ । –INS

प्रतिक्रिया