नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० असार २० गते २३:२२

वानएक्स बेट प्रकरणका आरोपी ८ कलाकारमाथिको अनुसन्धान सकियो, प्रहरीले बुझायो प्रतिवेदन ।

कञ्चनपुरमा दोहोरो नागरिकताको अभियोगमा दुईजना पक्राउ ।

शिवशिखर सहकारीविरुद्ध अनुसन्धान सुरु ।

मौरीबजार र तुरतुरे बजारको बीचमा आज साँझ पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध ।

वित्तीय समानीकरणको ५० प्रतिशत रकम फुकुवा गर्न अर्थमन्त्रीसँग माग ।

भोलि बस्ने गरी राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक स्थगित ।

एमालेले माग्यो प्रधानमन्त्री दाहालको राजीनामा ।

एसइई नतिजा प्रकाशनका लागि १६ संस्थाले पाए अनुमति ।

कांग्रेस केन्द्रीय समिति बैठक यही असार २७ गते बस्ने ।

काठमाडौं महानगरले पठायो ६८ सहकारीलाई कारबाही गर्न प्रहरीलाई पत्र ।

राजेन्द्र र लिलबहादुरलाई मदन स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि ।

साफ च्याम्पियनसिपमा नेपाललाई फेयर प्ले अवार्ड ।

प्रतिक्रिया