औसत व्यक्तिले प्रत्येक वर्ष २२ टन कार्बन डाइअक्साइड उत्पादन गर्छन् : अनुसन्धान

एजेन्सी । के तपाईँलाई थाहा छ तपाईँको दैनिक क्रियाकलापले कति डाटा उत्पन्न गर्दै छ र यसले वातावरणलाई कसरी असर गर्छ? वैज्ञानिकहरूका अनुसार औसत व्यक्तिले प्रति सेकेन्ड १.७ एमबी डाटा उत्पादन गर्छ। जुन एक दिनमा करिब दस डीभिडी बराबर हो । यो डाटा फोटो, भिडियो, पाठ र इमेल आदिका कारण उत्पन्न भइरहेको छ।
यदि वातावरणमा यसको प्रभावलाई हेर्ने हो भने एक व्यक्तिले प्रत्येक वर्ष औसतमा जति डाटा उत्पादन गर्दछ त्यस बाट लगभग २२ टन कार्बन डाइअक्साइड (CO2) उत्पादन हुन्छ । हाम्रो यो लुकेको कार्बन फुटप्रिन्ट कति ठुलो छ भनेर अनुमान यसरी लगाउन सकिन्छ कि यो लन्डन देखि न्यु योर्क सम्म २६ पटकको उडान बराबर छ ।
अर्कातर्फ यदि हामी यसबाट सिर्जना भएको सिओ टु लाई प्राकृतिक रूपमा विसर्जन गर्ने लागतलाई हेर्छौँ भने, यसको लागत लगभग २८३ डलर हुनेछ । यो डाटा कति छ, यो तथ्यबाट अनुमान गर्न सकिन्छ कि यदि यसलाई नेटफ्लिक्ससँग तुलना गर्ने हो भने यो डाटाको निरन्तर स्ट्रिमिङ हुन ६८ करोड वर्ष लाग्नेछ ।
यो अनुसन्धानको नतिजा नलेज म्यानेजमेन्ट रिसर्च एन्ड प्राक्टिस जर्नलमा प्रकाशित भएको छ । रिपोर्टमा भनिएको छ – हामीले देखिरहेका नतिजाहरू समस्याको सानो भाग मात्र हुन् किनभने जब हामीले यी मनमोहक दृश्य तथा क्षणहरूलाई विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूमा साझा गर्छौँ, विश्वव्यापी स्तरमा तिनको प्रभाव धेरै बढ्छ।
क्रिस्टियानो रोनाल्डोको एक इन्स्टाग्राम पोस्टको उदाहरण उद्धृत गर्दै रिपोर्टमा भनिएको छ – उनको एक पोस्टको औसत पहुँच यति धेरै छ कि यसले धेरै नै ऊर्जा खपत गर्दछ। त्यो ऊर्जाले अमेरिकामा एक वर्षका लागि १० घरको बिजुलीको आवश्यकता पूरा गर्न सक्छ।
यस्तो अवस्थामा यदि हामीले इन्स्टाग्राम हेर्यौँ जहाँ हरेक मिनेट ४५ हजार इन्स्टाग्राम पोस्टहरू पोस्ट हुन्छन् भने, तिनको ऊर्जा खपत र कार्बन फुटप्रिन्ट कति हुन्छ आफै अनुमान लगाउन सकिन्छ ।
प्रतिक्रिया