शुक्रबार, असार ६, २०८२

राष्ट्रियसभा बैठक बस्दै

नेपालखोज २०८० असार २१ गते ७:५४

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बस्ने छ ।

हिजो दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घन्टा स्थगित गरी ३ः०० बजे बोलाइएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण दिउँसो ४ः४६ बजे बोलाइएको थियो ।

सो बैठक पनि सञ्चालन हुन नसके पछि आजका लागि बैठक बोलाइएको हो । भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिब्यक्ति दिएपछि प्रतिपक्षी दलहरुले सदन अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया