शुक्रबार, असार ६, २०८२

भारत भ्रमणमा जाँदै माओवादी केन्द्रका शिर्ष नेता

नेपालखोज २०८० असार २१ गते ८:२५

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा जाँदै छन् । भारतीय जनता पार्टीको निमन्त्रणामा उनीहरु भ्रमणमा जान लागेकाे जनाइएकाे छ । 

भाजपा अध्यक्ष जे पी नड्डाले पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका सत्तारूढ़ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउन लागेको जानकारी दिएका थिए ।

विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई भाजपाले भारतमा बोलाएर पार्टीको गतिविधि बारे जानकारी गराउने गरेको छ । नेपालका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नड्डाको निमंत्रणमा गत वर्ष भारतको भ्रमण गरेका थिए ।

प्रतिक्रिया