शनिबार, जेठ ५, २०८१

लन्च हुँदैछन् नयाँ बाइक र कार

नेपालखोज २०८० असार २१ गते १७:२७

काठमाडाैं । आगामी ७ दिनमा ३-३ वटा नयाँ कार तथा मोटरसाइकल सार्वजनिक हुँदैछन् । नयाँ बाइक र कारको यो लन्चिङलाई लिएर मानिसहरूमा ठूलो चासो पनि छ । जुलाई १० सम्ममा हार्ले डेभिडसन, किआ मोटर्स, मारुती सुजुकी, ट्राइम्फ र हुण्डाई जस्ता कार र टू-व्हीलर कम्पनीले भारतीय बजारमा आफ्ना उत्कृष्ट उत्पादनहरू प्रस्तुत गर्न लागेका छन् जसको नेपाल प्रवेश निकट भबिस्य मै हुनेछ । यी सबै कार तथा बाइक आ-आफ्नो खण्डमा प्रतिस्पर्धिहरुलाइ चुनौती खडा गर्नेगरी आउँदैछन्।

कस्ता हुनेछन् नयाँ मोटरसाइकल ?

हार्ले डेभिडसन X400 बाइक हिरो मोटोकर्पसँगको सहकार्यमा हिजो जुलाई ३ तारिखमै सार्वजनिक गरेको छ र यसको सम्भावित अन्तर्राष्ट्रिय बजार मूल्य ४.८० लाख छ । यसैगरि भोली जुलाई ५ मा बजाज र ट्राइम्फको साझेदारीमा दुई नयाँ मोटरसाइकल लन्च हुँदैछन । यी बाइकको नाम ट्राइम्फ स्पीड ४०० तथा स्क्र्याम्बलर ४०० एक्स हो । यी दुवै ट्राइम्फ मोटरसाइकलले यो सेग्मेन्टका अन्य ३५० सीसीका शक्तिशाली बाइकसँग प्रतिस्पर्धा गर्नेछन् । यी बाइकको प्रारम्भिक अन्तर्राष्ट्रिय बजार मूल्य ४ लाख भन्दा बढी हुन सक्छ।

कुन-कुन कम्पनीका नयाँ कार आउँदैछन् ?

आज जुलाई ४ मा किया ( Kia Motors ) ले आफ्नो अपडेटेड Seltos फेसलिफ्ट SUV लन्च गर्न गर्दैछ जुन अझ राम्रो लुक – फिचर र केही मेकानिकल परिवर्तनका साथ प्रस्तुत हुनेछ । सेल्टोस फेसलिफ्ट – २०२३ को प्रारम्भिक अन्तर्राष्ट्रिय बजार मूल्य १८ लाख रुपैयाँ हुन सक्छ । यसैगरि जुलाई ५ मा मारुती सुजुकीले आफ्नो नयाँ प्रिमियम ७ सिटे MPP Invicto लन्च गर्न लागेको छ । टोयोटा इनोभा हाईक्रसमा आधारित इनभिक्टो लुक र फिचरका हिसाबले अदितिय हुनेछ । Invicto मारुती सुजुकीको सबैभन्दा महँगो कार हुनेछ र यसको अन्तर्राष्ट्रिय बजार मूल्य ३३० लाख भन्दा बढी हुन सक्छ । यता हुन्डाईले जुलाई १० मा आफ्नो नयाँ मिनी एसयूभी एक्सटर लन्च गर्न लागेको छ । टाटा पञ्चसँग प्रतिस्पर्धा गर्ने हुन्डाई धेरै सुविधाहरूका साथ प्रस्तुत हुनेछ र यसको अन्तर्राष्ट्रिय बजार मूल्य ११.२० लाख रुपैयाँबाट सुरु हुन सक्छ।

प्रतिक्रिया