प्रचण्डभन्दा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदमाथि शंका लाग्यो : बालेन
नेपालखोज
२०८० असार २१ गते २१:४४

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डभन्दा उनलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि शंका लागेको टिप्पणी गरेका छन् ।
बालेनले प्रधानमन्त्री प्रचण्डले प्रितम सिंहको पुस्तक विमोचनमा दिएको अभिव्यक्तिलाई संकेत गर्दै उक्त टिप्पणी गरेका हुन् ।
बिहीबार फेसबुक स्टाटसमा बालेनले लेखेका छन्, ‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।’
उनले यही सन्दर्भलाई उल्लेख गर्दै आफू मात्र अदालतको अपहेलनामा परेको भन्दै प्रश्न गरेका छन् ।

सम्बन्धित
प्रतिक्रिया