नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० असार २१ गते २२:५५

राजमार्ग सुधार आयोजनाका लागि ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त ।

एसइई नतिजा सार्वजनिक, माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे ।

एमालेको विरोधपछि राष्ट्रियसभाको बैठक स्थगन ।

लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयबीच प्राज्ञिक विकासमा सहकार्य र सहयोग गर्नेसम्बन्धी सम्झौता ।

अदालतका कर्मचारी र वकिलबीचको विवाद सहमतिमा टुङ्गियो ।

कांग्रेस जिल्ला सभापतिहरूको बैठक काठमाडौंमा सुरु ।

भारतको गोरखपुरमा ‘लेडी डन’ को नामले कुख्यात गीता तिवारी भैरहवाबाट पक्राउ ।

एलओडीका सञ्चालक राजु सिंह सुवाल पक्राउ ।

डेङ्गु सङ्क्रमण बढ्दै, सावधानी अपनाउन आग्रह ।

आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई हराउदै नेदरल्यान्ड्स विश्वकपमा छनौट ।

प्रतिक्रिया