सातवटै प्रदेशमा चट्याङसहित भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडाैं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाखाले जनाएकाे छ । अहिले देशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएइकाे छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएकाे छ । साथै देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया