कांग्रेसका जिल्ला सभापतिको बैठक आज पनि बस्दै
नेपालखोज
२०८० असार २२ गते ८:१७

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दै छ । बिहीबारदेखि सुरु भएको बैठक आज पनि पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने छ । बैठक बिहान ११ बजेदेखि सुरु हुने छ ।
बैठकमा ४२ जिल्लाका जिल्ला सभापतिहरुसहित अन्य केन्द्रिय र प्रदेशका प्रतिनिधिहरु सहभागी रहेका छन् । हिजाेकाे बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफनो धारणा राखेका थिए भने बाँकीले आज आफ्नो धारणा राख्ने जनाइएकाे छ ।
जिल्ला सभापतिहरूकाे धारणा सुनेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले त्यसको जवाफ दिने तथा पार्टीको निर्देशन दिने कार्यक्रम रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया