कैलालीको घोडाघोडीमा फेला परेको बम सेनाद्वारा निष्क्रिय
नेपालखोज
२०८० असार २२ गते १८:१३

काठमाडाैं । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडको इलाका प्रहरी कार्यालय पछाडि बन्दै गरेको नालामा फेला परेको प्लास्टिक ग्रेनेड बमलाई नेपाली सेनाको टोलीले आज दिउँसो निष्क्रिय पारेको छ ।
बिहान कामदारले नाली खन्ने क्रममा विस्फोटक पदार्थ (बम) देखेपछि इलाका प्रहरी कार्यालय सुखडलाई खबर गरेका थिए ।
खबर लगत्तै बढैपुरबाट आएको सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको इलाका प्रहरी कार्यालयले जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया