चट्याङ लागेर किसानको मृत्यु
नेपालखोज
२०८० असार २२ गते १८:४८

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–७ विष्णुपुर टोलका–७० वर्षीय रामप्रसाद रामको चट्याङ लागेर आज मृत्यु भएको छ ।
घर नजिकैको आफ्नै खेतमा काम गरिरहेका बेला वर्षाको पानीसँगै परेको चट्याङ लागेर रामको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घाइते रामको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया