नीति र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन
नेपालखोज
२०८० असार २३ गते १८:३८

काठमाडाैं । समाजवादी मोर्चा नेपालले आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । शनिबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको बैठकले उक्त्त निर्णय गरेकाे हाे ।
कार्यदलका सदस्यमा भने नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा रहेका छन् ।
त्यस्तै मोर्चामा आवद्ध दलहरुले मोर्चाको अध्यक्षता ६/६ महिनामा परिवर्तन गर्ने भएका छन् । एक जना (दल) ले ६ महिना गर्ने, त्यसपछि अर्को नेताले गर्ने सरसल्लाह भएको हाे । यो सबैको टुंगो आउँदो बैठकले गर्ने जनाइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया