यसरी समातौँ झूट

काठमाडौं । हामी सबै हाम्रो जीवनको कुनै न कुनै बिन्दुमा झूट बोल्छौँ। हाम्रो पहिलो झूट सामान्यतया समस्याबाट आफूलाई जोगाउनका लागि हुन्छ । जब यसले काम गर्छ, हामी दोस्रो, तेस्रो र हजारौँ पटक झूट बोल्ने साहस जुटाउँछौँ । भनिन्छ झुट बोल्नु एकदमै सजिलो कुरा हो तर यथार्थमा यो निकै जोखिमपूर्ण र गाह्रो काम पनि हो ।
सबैभन्दा राम्रो झूट बोल्ने मानिस त्यही हो जो झुटलाई नै सत्य मानेर जिउँछ। झूट बोलिसकेपछि त्यसको रक्षा गर्न सधैँ सचेत रहनुपर्छ तर जतिसुकै सफाइ सँग झुट बोले पनि त्यो सत्य बन्न कुनै न कुनै कसर बाँकी रहन्छ । झूट पत्ता लगाउने धेरै तरिका छन्, जसलाई आफ्नो दैनिक जीवनमा मानिसहरूको गलत मनसायबाट जोगिन प्रयोग गर्न सकिन्छ।
शरीरका यी सङ्केतहरूमा ध्यान दिनुहोस्
मिशिगन विश्वविद्यालयले सन् २०१५ मा झूट पहिचान गर्न भनेर एउटा अध्ययन गरेको थियो। यसले मानिसहरूले झूट बोल्दा र सत्य बोल्दा कस्तो व्यवहार गर्छन् भनी पत्ता लगाउन अदालतका मुद्दाहरूबाट १२० वटा मिडिया क्लिप हेरे।
अध्ययनले सत्य बोल्ने व्यक्तिको तुलनामा झूट बोल्ने व्यक्तिले बोल्दा दुवै हात बढी प्रयोग गरेको पाइएको थियो । यस बाहेक झूट बोल्ने व्यक्तिहरू बोल्ने क्रममा प्रायः आफ्नो हात प्यान्टको खल्तीमा वा टेबुलमुनि राख्छन् । यसका साथै उ वरपर राखिएका चीजहरूसँग खेल्न थाल्छ वा हाम्रो ध्यान विचलित गर्न तथा आफ्नो घबराहट लुकाउन आफ्नो शरीरलाई कन्याउँछ।
अनुहारमा देखिन्छन् यी लक्षण
सन् २०१५ को अध्ययनले यो पनि पत्ता लगाएको थियो कि झूट बोल्ने मानिसहरू सत्य बोल्ने मानिसहरू भन्दा बढी आफू तिर हेर्छन् वा घुरेर हेर्छन् । झूट बोल्ने व्यक्तिहरूको ७० प्रतिशत क्लिपमा उनीहरूले जो सँग झूट बोल्दै छ उसलाई सीधै हेरेको देखियो, यो विश्वासका साथ कि उसले अगाडिको व्यक्तिले आफ्नो झुटमाथि विश्वास गर्न सकोस् ।
यसका साथसाथै उनीहरू पूरै वार्तालापमा एउटै दिशामा हेरिरहेका हुन्छन् जसले गर्दा उसलाई हेर्दा ध्यान दिएर कुरा सुनिरहेको प्रतीत होस । यसबाहेक अनुहारको रङ्ग परिवर्तन हुनु, ओठ सुख्खा हुनु, निधारमा पसिना आउनु, घाँटी सुख्खा हुनु पनि झूट बोल्ने क्रममा देखिने लक्षण हुन् ।
बोल्ने तरिकामा ध्यान दिनुहोस्
यदि कुनै व्यक्तिले आफ्नो कुरा बुझाउन बोल्दा चर्को स्वरमा वा छिटो बोल्छ भने उसले झूट बोलेको सम्भावना हुन्छ । यसका साथसाथै झुट बोल्ने मानिसका शब्दहरू बिचैमा टुट्न थाल्छन्, बोल्दा बारम्बार घाँटी सफा गर्छन् ।
शब्द छनोटमा ध्यान
कसैको कुरा ध्यान दिएर सुन्ने हो भने उसको झूट एकै पटकमा थाहा पाउन सकिन्छ। किनभने झूट बोल्नेहरू यस्ता शब्दहरू छान्छन् जसका कारणले हामी उसको पुरा कुरा सुन्नु अगाडी नै उसको कुरा पत्याउँछौँ ।
जस्तो : मलाई विश्वास गर्नुस्, म तपाई सँग किन झुट बोल्छु आदि । यस बाहेक उनीहरू आफूले बोलेका शब्दलाई धेरै पटक सच्याउँछन् ।
प्रतिक्रिया